Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
Australian weather update for Thursday, 4 December 2025 - बिहीवार, ४ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
03/12/2025 Duración: 01minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
'As data-minimising as possible': Australia's under-16 social media ban nears - अस्ट्रेलियाको सोसल मिडिया ब्यान पालना नगर्ने कम्पनीहरूलाई करोडौँ डलरको जरिमाना हुन सक्ने
03/12/2025 Duración: 07minAs Australia's under-16 social media ban looms closer, in order to make it minimally invasive as possible, Australia's eSafety commissioner published regulatory guidelines in October. Under the guidance, social media platforms will not have to verify the age of every user on their platforms. SBS Nepali also spoke to Nepali community members about their reactions to the upcoming ban. - विश्वमै पहिलो भनिएको सोह्र वर्ष मुनिका बालबालिका र किशोर किशोरीहरूका लागि सोसल मिडिया ब्यान अस्ट्रेलियामा आउँदो डिसेम्बर १० देखि लागू हुँदै छ। यसको पालना नगर्ने कम्पनीहरू प्रति कस्तो कदम चालिन्छ र नेपाली समुदायले यो प्रतिबन्धलाई कस्तो रूपमा लिएका छन्? एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Wednesday, 3 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ३ डिसेम्बर २०२५
03/12/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali, including Usman Khawaja being ruled out of the second Ashes Test with a back injury. - ढाडका लागेको चोटका कारण बिहिवार सुरु हुने दोस्रो टेस्टमा अस्ट्रेलियाका उस्मान खवाजा नखेल्ने क्रिकेट अस्ट्रेलियाको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Fair Work shake-up: gig workers secure pay rise and protection - ‘मेहनतको सही पैसा पाउनुपर्छ!’: अस्ट्रेलियामा फुड डेलिभरी कामदारले कहिले पाउलान् न्यूनतम ज्याला?
02/12/2025 Duración: 13minIn a landmark agreement hailed as world-leading, the Transport Workers Union, Uber, and DoorDash have put forward a minimum standards deal for Australian gig workers to the Fair Work Commission on Tuesday, 25 November. This major reform guarantees food delivery riders a 25% wage increase, injury insurance, and protection from unfair algorithmic dismissal, fundamentally changing a commission-based system that workers say left them making virtually no money. - अस्ट्रेलियामा सञ्चालनमा रहेका दुई ठुला अन डिमान्ड डेलिभरी सेवा उबर इट्स र डोरड्यासले आफ्ना चालकहरूलाई न्यूनतम पारिश्रमिक दर र विस्तृत सुरक्षा व्यवस्था लागू गर्न सहमति जनाएका छन्। दुई कम्पनी र ट्रान्सपोर्ट वर्कर्स युनियन बिच गत मङ्गलवार, नोभेम्बर २५ मा भएको सम्झौता लागू हुन भने फेयर वर्क कमिसनको स्वीकृति आवश्यक हुन्छ। यही सन्दर्भमा फुड डेलिभरीको काम गर्दै आएका र ट्रान्सपोर्ट वर्कर्स युनियनका प्रतिनिधि रहेका क्यानबराका उत्सव भट्टराई र नवीन अधिकारीसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिर्पोट सुन्नुहोस्।
-
Australian weather update for Wednesday, 3 December 2025 - बुधवार, ३ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
02/12/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Nepali businesses in Australia: How to start your own and is it ‘easy‘? - ‘नुन देखि सुनसम्म!’: के अस्ट्रेलियामा आफ्नो ‘बिजनेस’ गर्न सजिलो छ?
02/12/2025 Duración: 10minSBS Nepali spoke with some Nepali business owners in Sydney and Melbourne, including boutique owner Kabisha Twanabasu; restaurant owners Upendra Tandukar, Bhola Nath Panta and Parbati Shakya, grocery store owners Bishal Sharma and Khem Raj Dhimal, hairdresser Sudeepa Shrestha, butchery owner Dipendra Khadka, meat and grocery operator Krishna Neupane and clothing and grocery store owner Juna KC. They shared the growth of their businesses and opportunities and challenges along the way. - सिड्नी तथा मेलबर्नमा विभिन्न व्यवसाय गर्दै आएका नेपाली समुदायका केही व्यवसायीहरूसँग, उनीहरूले सञ्चालन गर्दै आएका रेस्टुरेन्ट, ब्युटी पार्लर, कपडा, किराना, मासु पसल लगायतका व्यवसाय, व्यावसायिक यात्राका अनुभव, प्राप्त गरेका अवसरहरू, सामना गरेका चुनौतीहरू, लगायत विविध विषयमा हामीले कुराकानी गरेका थियौँ। बुटिक तथा कपडा पसल सञ्चालन गर्दै आएकी कविशा त्वानाबासू, रेस्टुरेन्ट व्यवसायीहरू उपेन्द्र तन्डुकार, भोला नाथ पन्त, पार्वती शाक्य, किराना पसल खोलेका विशाल शर्मा, खेमराज धिमाल, हेयर ड्रेसर सुदिपा श्रेष्ठ, मासु पसल चलाउँदै आएका दीपेन्द
-
Prime Minister 'delighted' as he celebrates wedding to fiancée Jodie Haydon - अस्ट्रेलियाका प्रधानमन्त्रीको विवाह किन छ चर्चामा?
02/12/2025 Duración: 03minThe Prime Minister and his fiancée Jodie Hayden have just married, at a ceremony in the nation’s capital. The country's been kept guessing as to exactly when the wedding would take place for months. - शनिवार दिउँसो परिवार र नजिकका साथीहरूका बिच क्यानबराको सरकारी निवासमा प्रधानमन्त्री एन्थोनी अल्बानिजी र जोडी हेडन विवाह बन्धनमा बाँधिएका हुन्। कार्यक्रम नसकिएसम्म गोप्य राखिएको उक्त निजी समारोह पछि भने केही फोटो र एक भिडीयो सार्वजनिक भएको थियो।
-
SBS Nepali Australian News Headlines: Tuesday, 2 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २ डिसेम्बर २०२५
02/12/2025 Duración: 06minListen to the latest top news from Australia in Nepali, including almost 50-thousand student visa cases are awaiting review. - अस्ट्रेलियामा लगभग ५० हजार विद्यार्थी भिसाका मुद्दाको छिनोफानो अझै बाँकी रहेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
नेपाल अपडेट: एक सयको नयाँ नोटमा चुच्चे नक्सा, एनआरएनए एकता र जेन जी घाइतेहरूको वर्गीकरण
01/12/2025 Duración: 07minलिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा रहेको एक सय दरको नयाँ नोट नेपाल राष्ट्र ब्याङ्कद्वारा प्रचलनमा, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का दुई कमिटीबिच एकता, फेब्रुअरी भित्र १२औँ महाधिवेशन हुने सहमति, र नेपालले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
मङ्गलवार, २ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
01/12/2025 Duración: 02minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
01/12/2025 Duración: 05minListen to the top Australian news from the last seven days. - अस्ट्रेलियाले सन् २०३५ को लक्ष्य पूरा गर्न अझै धेरै काम गर्न बाँकी रहेको जलवायु परिवर्तन सम्बन्धी मन्त्रीको भनाइ, महिला विरुद्ध हुने हिंसा बारे आवाज उठाउन एक अभिभावक आह्वान र खेलकुदमा, एएफएलडब्लु ग्रान्ड फाइनलमा विजेता बन्दै नर्थ मेलबर्नले रचेको इतिहास लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
‘भविष्यको लोभमा मैले जवानी बेचिदिएँ...’
01/12/2025 Duración: 17minअस्ट्रेलियामा साहित्य प्रति रुचि हुने नेपाली समुदायका सदस्यहरू शनिवार, नोभेम्बर २२ मा सिड्नीमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए। गजल गायन र वाचनमा रुचि भएका सर्जकहरू आफ्नो प्रस्तुति दिन अस्ट्रेलियाका विभिन्न राज्य र प्रदेशबाट उपस्थित भएका थिए। मुशायरा परिवारले आयोजना गरेको उक्त कार्यक्रममा सहभागीहरूले एसबीएस नेपालीलाई गजल सुनाउँदै अस्ट्रेलियाको व्यस्त जीवनमा साहित्य सिर्जना गर्दाको अनुभवका बारेमा बताएका छन्।
-
SBS Nepali Australian News Headlines: Monday, 1 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १ डिसेम्बर २०२५
01/12/2025 Duración: 05minListen to the latest top news from Australia in Nepali, including new data from property analytics firm Cotality reveals home values grew by one per cent in November. - नोभेम्बर महिनामा अस्ट्रेलियामा घरको मूल्यमा १ प्रतिशतले बढेको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Australian weather update for Monday, 1 December 2025 - सोमवार, १ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
30/11/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 30 November 2025 - आइतवार, ३० नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
29/11/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
If you have diabetes... - डाइबेटीजका बिरामीहरूले ध्यान दिनै पर्ने कुराहरू
29/11/2025 Duración: 08minDiabetes is described as a very common and increasing health issue in Australia. SBS Nepali Spoke to Sydney based GP Dr Prabin Pathak about the symptoms and treatments for diabetes. - मधुमेह अस्ट्रेलियामा धेरै सामान्य र बढ्दो अवस्थामा रहेको स्वास्थ्य समस्याका रूपमा रहेको बताइन्छ। अस्ट्रेलियामा बस्ने नेपाली समुदायमा पनि यो बढ्दो रूपमा देखा परेको सिड्नीस्थित जीपी डाक्टर प्रबिन पाठक बताउँछन्। चलनचल्तीमा ‘डाइबेटीज’ र ‘सुगर’ भनिने मधुमेहका लक्षण र उपचार के हुन् त? अनि तपाईँको घरमा कसैलाई डाइबेटिज छ भने चाहिँ, तपाईँले के कुरामा ध्यान दिनु पर्छ? यिनै विषयमा डाक्टर पाठकसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
‘Everyone wants to matter’: How we can prevent hate and division in our neighbourhoods - ‘हरेक व्यक्तिले आफ्नो महत्त्व खोज्छ’: तपाईँको छरछिमेकमा भेदभाव र विभाजनलाई कसरी रोक्ने?
28/11/2025 Duración: 05minOur social cohesion is under threat. But building stronger community ties can help grow connection, trust and shared belonging. - हाम्रो सामाजिक एकता जोखिममा छ। तर बलियो सामुदायिक सम्बन्ध निर्माण गर्नाले आपसी सम्बन्ध, विश्वास र साझा पहिचानलाई बढाउन मद्दत गर्न सक्छ।
-
Bonus Practice: #99 Saying ‘No’ to alcohol - SBS Learn English: ‘अझ एक गिलास लिनुहोस् न!’ भन्छन्, नाइँ कसरी भन्ने होला?
28/11/2025 Duración: 03minPractise speaking the dialogue from episode #99 Saying 'No' to alcohol. - तपाईँलाई कसैले मदिरा सेवन गर्न आग्रह गर्दा नाइँ कसरी भन्ने भनेर सोच्दै हुनुहुन्छ? त्यस्तै समयको लागि भनेर तयार पारिएको यस पोडकास्टमा प्रयोग भएका अङ्ग्रेजी शब्दहरू बोल्ने अभ्यास गर्नुहोस्। एसबीएस लर्न इङ्ग्लिश पोडकास्टले अस्ट्रेलियन जीवनशैली, रीतिरिवाज, तौरतरिका र संस्कृतिको बारेमा बुझाउँदै सहज तरिकामा अङ्ग्रेजी सिक्न तपाईँलाई मद्दत गर्छ।
-
Australian weather update for Saturday, 29 November 2025 - शनिवार, २९ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
28/11/2025 Duración: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
रेडियो कार्यक्रम: अस्ट्रेलियामा विद्यार्थीलाई प्रहरीको चेतावनी र लैङ्गिक हिंसा विरुद्ध अभियान
28/11/2025 Duración: 54minहाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, २५ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, बदलिँदो मौसममा बालबालिकाको स्वास्थ्य, ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी चेतावनी र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।